ताजा समाचार


सेलेघाटमा बोलेरो दुर्घटना हुँदा  ३ जना घाइते

 नेपाल बाहक    २४ बैशाख २०८१, सोमबार १३:५६     271 जनाले पढ़िसके


रामेछाप । रामेछापको सेलेघाटमा बोलेरो दुर्घटना भएको छ । सोमबार दिउँसो मन्थली नगरपालीका ६ सेलेघाटमा बोलेरो दुर्घटना हुँदा ३ जना घाइते भएको जिल्ला प्रहरी कार्यालय रामेछापले जनाएको छ ।

सेलेघाटबाट खुर्कोट तर्फ जाँदै गरेको बा १८ च ६१४७ नम्बरको बोलेरो दुर्घटनामा परेको  हो । बोलेरोमा चालक सहित ४ जना सवार रहेका थिए । उप्त बोलेरो सुनकोशी मरिण डाइभर्सन आयोजनाको रामेछापका प्रहरी प्रवक्ता रञ्जन गिरीले जनाकारि दिए ।

घाइतेहरुको खुर्कोट स्थित शुभजिवन अस्पतालमा उपचार भइरहेको छ ।