ताजा समाचार


रामेछापका ५७ हजार घरपरिवार स्वास्थ्य बिमामा आबद्ध

 नेपाल बाहक    १३ भाद्र २०८०, बुधबार १५:४९     422 जनाले पढ़िसके


रामेछाप । विपन्न वर्ग तथा आम नागरिकको स्वास्थ्य उपचारमा सहयोग गर्ने उद्देश्य सहित सुरु भएको स्वास्थ्य बिमा कार्यक्रममा रामेछापका ५७ हजार एक सय ६२ घर परिवार आबद्ध भएका छन् ।

स्वास्थ्य बिमा बोर्ड रामेछापका दर्ता अधिकारी अनिल चन्द्र जोशीले दिएको जानकारी अनुसार पछिल्लो समयमा रामेछापमा स्वास्थ्य बिमा गर्नेको सङ्ख्या बढेको छ । कार्यालयको तथ्याङ्क आर्थिक वर्ष २०८०।८१ को पहिलो महिनामा स्वास्थ्य बिमा गर्ने परिवारको सङ्ख्या ५७ हजार नाधेको देखिन्छ ।

जस मध्ये अति गरिब ६ हजार ९६२ परिवार  २६ हजार १० जान ज्येष्ठ नागरिक क वर्गमा ६ सय ९९ जना र एक जान एचआइपि एड्सको बिरामीले सरकारको नियम अनुसार पूर्ण सहुलियत शुल्कमा  एक लाख बराबरको बिमा गरेका जोशी जानकारी दिनु भयो ।

स्वास्थ्य बिमा बोर्ड रामेछापको अनुसार दोरम्वाशैलुङ्ग गाउँपालिकामा ४२ सय ५६ गोकुलगँङ्गा गाउँपालिकाका ३२ सय ३१ खाँडादेवी गाउँपालिकाका ४९ सय ४९ लिखुतामाकोसी गाउँपालिकाका ४१ सय १८ मन्थली नगरपालिकाका १८ हजार ३० रामेछाप नगरपालिकाका ९४ सय ५३ सुनपाति गाउँपालिकाका १० हजार ६१३ र उमाकुण्ड गाउँपालिकाका २५ सय १२ जना घरपरिवार स्वास्थ्य बिमामा आबद्ध भएका छन् ।  रामेछापमा २०७४ सालको पौष अन्तिम साताबाट स्वास्थ्य बिमा कार्यक्रम सञ्चालन आएको थियो ।