ताजा समाचार


रामेछाप टिफर दुर्घटना हुँदा चालकको मृत्यु

 नेपाल बाहक    ३ बैशाख २०८१, सोमबार ०८:४६     311 जनाले पढ़िसके


 रामेछाप । मन्थली  नगरपालिका ७ भटौलीमा टिफर दुर्घटना हुँदा चालकको मृत्यु भएको छ । सोमबार बिहान करिब ६ बजे बागमती प्रदेश ०१–००६ ख ३८३९ नम्बरको टिफर दुर्घटना भएको हो ।

दुर्घटना परि सोही टिफरका चालक २० वर्षीय पवित्र बस्नेतको निधन भएको छ ।  भने दुर्घटनामा परि दोलखा स्थायी ठेगाना भएका सह चालक २१ वर्षका फुयाँल घाइते भएको जिल्ला प्रहरी कार्यालय रामेछापले जनाएको छ ।
सह चालक मन्थली अस्पतालमा उपचार भइरहेको रामेछाप प्रहरी प्रमुख डिएसपी प्रदिक कुमार सिंहले बताउनु भयो । दुर्घटनाको कारण भन्ने खुल्न सकेको छैन ।

सोमबार भएको दुर्घटना सहित चालु आर्थिक बर्षमा रामेछापमा ६ वटा दुर्घटना भएका छन् ।  दुर्घटनमा परि  ५ मृत्यु भएको छ भने १ घाइते भएका जिल्ला प्रहरी कार्यालय रामेछापका प्रहरी निरिक्षक दिनेश थापा बताउनु भयो ।