ताजा समाचार


“कृषि र पर्यटनलाई जोडेर गुरु योजना बनाएका छौँ’’

 नेपाल बाहक    ७ आश्विन २०८०, आईतवार १६:३८     493 जनाले पढ़िसके


रामेछाप । उमाकुण्ड गाउँपालिका रामेछाप जिल्लाको उत्तरी क्षेत्रमा पर्दछ । जिल्ला सदरमुकाम मन्थलीबाट झन्डै ७२ किलो मिटरको कच्ची सडकको यात्रा पश्चात् उमाकुण्ड गाउँपालिकाको मुकाम प्रीति च्यादलु पुग्न सकिन्छ । त्यहाँको स्थनिय सरकारका प्रमुख हुनुहुन्छ शेर बहादुर सुनुवार
सुनुवार साविक प्रीतिको हुँदा २०५४ सालमा भएको निर्वाचन नेकपा एमालेबाट गाविस अध्यक्षमा निर्वाचित हुनु भएको थियो । भने देशमा संंघियता आए पश्चात् २०७४ साल र २०७९ सालमा भएको स्थनिय तहको निर्वाचनमा उमाकुण्ड गाउँपालिकाको अध्यक्षमा निर्वाचित हुनु भएको थियो । प्रस्तुत छ उनै शेर बहादुर सुनुवार सँग  गरिएकाे कुराकानीको सम्पादित अंश

साविक प्रीति गाविसको अध्यक्ष हुँदै स्थानीय सरकार बने पछि उमाकुण्ड गाउँपालिकाको अध्यक्षमा दोस्रो पटक निर्वाचित हुन भएर काम गदै हुनुहुन्छ । यहाँले यो अवसरलाई कसरी लिनु भएको छ ?
राजनीति भनेको सेवा गर्ने क्षेत्र हो । म २०५४ सालमा साबिकको प्रीति गाउँ विकास समितिको अध्यक्षमा निर्वाचित भएको थिए । त्यति बेला पनि प्रीति दुर्गम सँगै भौगोलिक र जनसङ्ख्याको हिसाबले पनि ठुलो थियो । त्यति वेला फेरी द्धन्द चलिरहेको थियो काम गर्न सजिलो थिएन । त्यसका बावजुत पनि केही काम गरेको थिए ।
अहिले जस्तो पर्याप्त बजेट आउँदैन थियो । ३ लाख बजेटले सबै काम गर्न पर्थ्यो । सडक थिएन खानेपानी र बिजुली थिएन । त्यही पनि जनश्रम दानबाट केही कामहरू गरेका थिए । उत्तरी भेगमा सडकले छोएकै थिएन । आएको बजेट र श्रमदानबाट त्यति वेला भुजी डाँडा सम्म सडकको बाटो खनेका थिए । स्वास्थ्य र शिक्षा क्षेत्रमा आएको बजेट निर्विरोध केही सुधारका काम भएका थिए । त्यस कारण पनि हुन सक्छ यहाँका नागरीले लगातार मलाई चुन्नु भएको छ । र अहिले म दोस्रो पटक अध्यक्षमा निर्वाचित भएर काम गरी रहेको छु ।
तपाईँले अध्यक्ष भए पश्चात् गाउँपालिकाको विकासका लागि के कस्ता काम भए ?
हामी निर्वाचित भए पश्चात् ४ सय ५० किलो मिटर सडकको निमार्ण भएका छन् । शिक्षा, स्वास्थ्य सुधारका लागि पनि सुधारका काम भएका छन् । सेवा र भौतिक संरचना दुवैमा सुधार गरेका छौँ । स्वास्थ्य क्षेत्रमा ४ नम्बर वडा बाहेक सबै वडामा बर्थिङ सेन्टरको निमार्ण गरेका छौँ । शिक्षाको लागि इ हाजिरी देखि दिवा खाजाको व्यवस्था गरेका छौँ ।
खानेपानीको लागि एक घर एक धाराको अवधारण अनुसार काम गरेका छौँ । यसका लागि लगभग काम सकिएको छ । अव २५ प्रतिशत काम बाकिँ रहेको छ । बाकिँ काम पनि अघि बढी रहेको छ । चाँडै नै सकिने छ । पर्यटन प्रर्वन्धनको लागि योजना बनाएर नै काम गरी रहेका छौँ। तामे डाँडा र बाम्ति भण्डारमा पर्यटकीय संरचना निमार्ण गदै छौँ । हाम्रो कार्यकाल सकिन अझैँ साडे ३ वर्ष बाकिँ हरेको छ । यस अवधिमा सबै काम सक्ने छौँ ।
कस्ता नीति तथा कार्यक्रमलाई प्राथमिकतामा राख्नु भएको छ ?
हामीले सार्वजनिक गरेको नीति तथा कार्यक्रममा नागरिकलाई कृषिजन्य उत्पादनमा प्रोत्साहन गर्न कृषि र पर्यटनलाई प्राथमिकता दिएका छौँ । पूर्वदारका कुरामा हामीले सहज रूपमा १२ महिना नै यातायात सञ्चालन गर्ने गरी काम गरेका छौँ । त्यसले सहज आवतजावत सहित उत्पादन भएका कृषिजन्य बस्तुको निर्यातमा समेत सहज हुने छ ।
अन्य कुरा भन्नु पर्दा कृषि, पर्यटन, शिक्षा तथा खानेपानी जस्ता कुराको लागि गुरु योजना बनाएर काम गरेका छौँ ।
जिल्ला सदरमुकाम देखि पालिका मुकाम सम्म आउने सडकको अवस्था नाजुक छ । स्तर उन्नति तथा कालोपत्रे गर्ने गरी केही योजना छैन ?
काला चौतारो देखि सिंगटि हुँदै पालिका मुकाम सम्म आउने करिब साडे ४ किलो मिटर सडक कालो पात्रे हुँदै । अर्को वर्ष सम्मा यसको काम सकिन्छ । वाकी रहेको गोकुलगङ्ग गाउँपालिका तर्फको लगभग १० किलो मिटर सडक कालो पत्रेको लागि प्रक्रियामा रहेको छ ।

प्रदेश तथा सङ्घ सँगको समन्वयको अवस्था कस्तो छ ?
कतिपय अवस्थामा प्रदेश सरकार स्थानीय सरकार सँग समन्वय नगरी बजेट तथा योजना पठाउने गरेको छ । बजेट र योजना स्थानीय सरकार सम्म आउनु त राम्रो नै हो तर समन्वयको पाटो कमजोर छ भने हो । ससत्रका बजेट मागको आधरमा आउनु पर्ने हो तर हचुवाको भरमा आउने र योजना पनि त्यस्तै किसिमबाट आउने भएकाले समन्वयको पाटो अलि अन्योल छ भन्ने लाग्छ ।
कृषि तथा पर्यटन विकासको राम्रो सभावन भएको स्थानीय तह हो उमाकुण्ड यसको लागि केही ठोस योजना बनाउनु भएको छ ?
उमाकुण्ड गाउँपालिकाले कृषि पर्यटन प्रवर्धन भनेर गुरु योजना नै बनाएको छ । यसमा आउने पर्यटकलाई कृषि सँग पनि जोड्ने गरी, यहाँ उत्पादन भएका कृषि जन्य उत्पादनलाई आएका पर्यटकले कोसेली लैजाने गरी योजना बनाएका छौँ ।
कम्तीमा सादि डाँडा हुँदै लम्चाने, बाम्ती भण्डार गुम्देल घुम्दै त्यहाँको कल्चर हेदैँ र त्यहाँ उत्पादन भएको कृषि जन्य उत्पादनलाई समेत प्रोत्साहन गर्ने भनेर कृषि र पर्यटनलाई जोडेर गुरु योजना बनाएका छौँ   र सोही अनुसार काम गरी रहेका छौँ ।

स्थानीय सरकारहरू आत्मा निर्भर छैनन् भन्छन् । यहाँले उमाकुण्ड गाउँपालिकालाई आत्मा निर्भर बनाउने गरी केही योजना बनाउनु भएको छ ?
संघियता मार्फत स्थानीय सरकार आएको ७ वर्ष भएको छ । स्थानीय तह आत्मा निर्भर हुनका लागि सबै स्टमहरु पुरा हुन आवश्यक छ । पैसा भएर मात्र स्थानीय सरकार बलियो हुन्छ आत्मा निर्भर हुन्छ भन्ने हैन । त्यसका लागि कानुनी, प्रशासनिक, सुरक्षाका हिसाबले स्थानीय सरकार आत्मा निर्भर हुनु पर्दछ ।
आत्मा निर्भर हुनका लागि आर्थिक रूपले मात्र हैन सबै रूपले व्यवस्थित हुन आवश्यक छ । हाम्रो पालिकाको कुरा गर्दा ८ वटा हाइड्रो सञ्चालनमा रहेका छन् । उनीहरूबाट रोयल्टी बापत पैसा त आउँछ । तर त्यसलाई व्यवस्थित गरिएन । कानुन अनुसार सञ्चालन गरिएन भने हुँदैन नि । यसका लागि आर्थिक प्रशासन र कानुनी रूपमा व्यवस्थित हुन आवश्यक होला । कर्मचारी अव्वल हुन आवश्यक होला । त्यसैले आत्मा निर्भरको कुरा लाई पैसासँग मात्र हैन अन्य कुराहरू जोडेर हेर्न आवश्यक छ ।
उमाकुण्ड गाउँपालिकामा भौतिक पूर्वाधार अवस्था कस्तो छ ?


४ नम्बरको वडा कार्यालय बाहेक अन्य वडाहरू आफ्नै भवनबाट सेवा प्रवाह गरेका छन् । ४ को बन्दै छ । गाउँपालिकाको प्रशासकीय भवन निमार्ण हुँदै छ । त्यो पनि अन्तिम चरणमा रहेको छ । दुई वटा अस्पतालको भवन निमार्णको अन्तिम चरणमा रहेको छ ।
जिल्ला सदरमुकाम देखि पालिका मुकाम सम्म आउने सडक कालो पत्रे हुने गरी काम अघि बढेको छ । २ वर्ष भित्र मुख्य सडक कालो पत्रे हुने छन् । खानेपानीको लागि एक घर एक धारको अवधारण ल्याएका छौँ र त्यसको काम २५ प्रतिशत बाकिँ रहेको छ । बत्ती सबै स्थानमा पुगेको छ । केही स्थानमा भने सब स्टेसनका कारण आउने जाने भई रहेको छ । त्यसको सवधान पनि चाँडै हुन्छ ।

निर्वाचनमा गरेका प्रतिवद्धता कति पुरा गर्नु भयो र कार्यकाल सकिनु अघि कति पुरा गर्नु होला ?
हामीले काम सुरु गरेको दुई वर्ष पुगेको छैन । त्यही पनि गरेका प्रतिबद्धता अनुसार काम गरेका छौँ र केही पुरा गरेका छौँ । शिक्षा स्वास्थ्य र सडकका कुरा मूल हुन् । त्यो सुधारको काम भएका छन् । नागरिकलाई आयआर्जन सँग जोड्ने भनेर कृषि तथा पर्यटनलाई प्राथमिकतामा राखेर नीति तथा कार्यक्रम बनाएका छौँ । अहिले राज्य नै कमजोर अवस्थामा रहेको छ । भने एउटा स्थानीय सरकारले गर्ने काम कति ठुला हुछन् तर हामीले गरेका प्रतिबद्धता केही पुरा गरेका छौँ, केही हुँदै छन् र केही हुने छन् ।