ताजा समाचार


‘जतिय बिभेद अन्त्यका लागि प्रचलित कानुनको कार्यान्वयनमा कडाई गरिनु पर्छ’

 नेपाल बाहक    २५ फाल्गुन २०८०, शुक्रबार १८:५८     443 जनाले पढ़िसके


रामेछाप । रामेछाप नगरपालीका नगर कार्यपालिकाकी सदस्य लक्ष्मी नेपालीले जातिय बिभेद अन्त्यको लागि प्रचलित कानुनमै कडाइ गरिनु पर्ने बताउनु भएको छ । नेपाल बाहक डटकमसँगको कुराकानीमा उहाँले छुवाछुतका बिषयमा युवा बर्ष सचेत रहेको भए पनि जेष्ठ नागरिकहरुलाई अझै पनि सचेत गराउन नसकेको बताउनु भयो । प्रस्तुत छ उहाँसगँ गरिएको कुराकानीको संम्पादित अंश

रामेछाप नगरपालीकामा बसोबास गर्ने दलित समुदायका नागरिकको शिक्षा स्वास्थ्यको अवस्था कस्तो छ ?

दलित समुदायका बालकालिकाको समुदायिक विद्यालयमा पहुँच वृद्धि भएको छ । अहिले बिद्यालय स्तरमा शिक्षा निशुल्क छ । तर हाम्रो पालिकामा पनि टुयुसन, कोचिङ्ग र अंग्रेजी माध्यमबाट अध्यापन गराउने बिद्यालयले शुल्क लिएको जानकारि छ । तर यसको बारेमा अध्ययन गर्नु पर्ने छ ।

रामेछाप नगरपालिकामा हुने कार्यक्रममा दलित समुदायका नागरिकको सहभागिताको अवस्था कस्तो छ ?

पहिलेको भन्दा अहिले कार्यक्रमहरुमा दलित समुदायका नागरिकको सहभागित बढ्को छ । तर अलि पहिलेका नागरिकहरुलाई यो कुरा बुझाउन अलि गारो नै छ । तर युवाहरुको सहभागिता हुने गरेको छ ।

दलित समुदायकले कस्ता खाले योजना माग गर्दा रैछन् ? सम्बोधन कतिको भएका छन् ?

लक्षित बर्गलाई छुट्यको बजेट माफर्त योजनाको माग परिपूर्ति गर्ने गरेका छौ । उहाँहरुको माग भनेको आफुले गदैँ आएको पेसा सुधारकै लागि हुने गरेको छ । जसमा क्षमता बिकास र अनुदानमा सिलाइ मेसिन, पन्चेबाजा र सुधारिएको आरन हुने गरेको छ ।

रामेछाप नगरपालिकाले गत आर्थिक बर्षमा दलित लक्षित गरेर के के काम गरेको थियो ?   

गत बर्ष लक्षित बर्ष तथा दलित समुदायका लागि बिभिन्न कार्यक्रम गर्ने गरि नगर कार्यपालिकामा योजना निर्माण भएको थियो । तर संघ र प्रदेशबाट प्राप्त हुने बजेट कटौति भए पश्चात खासै देखिने कार्यक्रम गर्न नपाएको हो । चालु आर्थिक बर्षमा कार्यक्रम गर्ने तयारि रहेका छन् ।

दलिल समुदायको क्षमता विकासका लागि नगरपालीकाले कसरि काम गर्ला ?

योजना माग भए अनुसारको हुने छ । त्यसरि माग भएर नगरपालीकामा आएको छैन् अहिले सम्म । आएको खण्डमा नगरपालिकले बजेट बिनियोजन गरेर गर्ने छ । तर कार्यापालिकामा समेत हामि यस्तो खाले कार्यक्रम गर्न पहल गर्ने छौ ।

जातिय विभेदका घटना न्युनिकरणका लागि यहाँहरुले केहि योजना बनाउनु भएको छ ?

रामेछाप नगरपालीकामा जातिय विभेदका घटना भएका छैन् । तर यहाँ पनि छुवाछुत रहेको छ । युवाहरु विचमा जातिय विभेद कम भए पनि जेष्ठ नागरिकमा रहेको छ । यसको न्युनिकरणका लागि सचेतनाका कार्यक्रम हो । र हरेक कार्यक्रममा दलित समुदायका नागरिकको सहभागिता हो । जातिय छुवाछुत तथा विभेद मुक्त समाज बनाउन प्रचलित कानुनलाई अझ कडाइका साथ लागु गर्न आवश्यक छ ।

चालु आर्थीक बर्षमा दलित लक्षिक कस्ता कार्यक्रम रहेका छन् ?

लक्षित बर्गको कार्यक्रम प्रत्येक वडामा गएको छ । उहाँहरुले आवश्यकता अनुसार योजना बनाएर कार्यक्रम गर्नु हुने छ ।

दलित भए बापत पाउनु पर्ने सेवा सुविधा तथा सिफारिस लिन कत्तिको सहज छ ?

सजिलै सेवा पाएका छन् । सिफारिस घटना दर्ता लगाएतका सेवा निशुःल्क प्रवाह भएको छ ।