ताजा समाचार


१३औं दक्षिण एसियाली खेलकुदमा नेपालको स्वर्ण ४२ पुग्यो

 नेपाल बाहक    १९ मंसिर २०७६, बिहीबार १०:३०     759 जनाले पढ़िसके


रामेछाप, २१ मंसिर

काठमान्डौँमा जारी १३औं दक्षिण एसियाली खेलकुद नेपालको ४२ स्वर्ण पुगेको छ । १३औं दक्षिण एसियाली खेलकुद सागमा ४२ किलोमिटर म्याराथनमा नेपालले स्वर्ण पदक जितेको हो।
पुरुषतर्फको म्याराथनमा नेपालका लागि किरणसिंह बोगटीले ४२ स्वर्ण पदक जितेका हुन् । उनले निर्धारित दूरी २ घण्टा २१ मिनेट १७ सेकेण्डमा पूरा गरे ।

१९९५ को सागपछि म्यारथनमा नेपालले पहिलो पटक स्वर्ण पदक जितेको हो । १९९५को सागमा टीका बोगटीले स्वर्ण पदक जितेका थिए । २०१० मा राजेन्द्र भण्डारीले म्याराथनमा स्वर्णमा जिते पनि डोपिङका कारण उनको पदक खोसिएको थियो ।