ताजा समाचार


रामेछापका थप २९ जनाको रिर्पोट कोरोना पोजेटिभ

 नेपाल बाहक    २३ बैशाख २०७८, बिहीबार १२:२०     345 जनाले पढ़िसके


रामेछाप । रामेछापमा थप २९ जनाको रिर्पोट कोरोना पोजेटिभ आएको छ । स्वास्थ्य कार्यलय रामेछापका अनुसार प्रथामिक स्वास्थ्य केन्द्र मन्थलीबाट ३८ जनाको स्वाव परिक्षण गर्दा २६ जना र रामेछाप अस्पतालका स्वाव लिएका ३ जनाको रिर्पोट कोरोना पोजेटिभ आएको हो ।
कोरोना संक्रमण हुनेमा ५ जना पत्रकार समेत रहेको स्वास्थय कार्यलय रामेछापले जनाएको छ ।
बिहिबार थप भएका संगै रामेछापमा कोरोना सङ्क्रमितको सङ्ख्या ३०२ जना पुगेको छ । यसमध्ये २२६ जना कोरोना संक्रमण मुक्त भएका छन् ।