ताजा समाचार


सहज रूपमा कोरोना विरुद्धको खोप लगाउने व्यवस्था गर्न नागरिक समाजको माग

 नेपाल बाहक    ८ मंसिर २०७८, बुधबार १७:४७     345 जनाले पढ़िसके


रामेछाप । मानव अधिकार संरक्षण सञ्जाल रामेछापले स्वास्थ्य संस्थामा भिडभाड नहुने गरी सहज रूपमा खोप लगाउने व्यवस्था मिलाउन सरोकारवालाको ध्यानाकर्षण गराएको छ ।
सञ्जालले बुधवार कार्यक्रम मार्फत प्रेस विज्ञप्ति जारी गर्दै सबै नागरिकलाई कोरोना विरुद्धको खोप लगाइ सुरक्षित रहन आह्वान गरेको हो ।
सञ्जालका संयोजक पाण्डव प्रसाईले हस्ताक्षर गरेको विज्ञप्तिमा जिल्ला स्वास्थ्य कार्यालय रामेछापले १८ वर्ष माथिका सबै नागरिकलाई खोप लगाउन आवश्यक खोप सबै पालिकाका स्वास्थ्य संस्थामा उपलब्ध गराई सघन रूपमा खोप अभियान सञ्चालन गरेकोमा स्वास्थ्य कार्यालय,स्थानीय सरकार ,स्थानीय प्रशासन लगायत सरोकारवाला निकायलाई सञ्जालले धन्यवाद समेत दिएको छ ।
त्यस्तै गरी सञ्जालले जारी गरेको विज्ञप्तिमा सङ्कट परेका बेलामा एम्बुलेन्स नपाएको र बिरामीको ज्यानै जाने समेतको अवस्था आएको नागरिक स्तरबाट गुनासो आएकाले थप व्यवस्थापनका गर्न अनुरोध गरेको छ ।