ताजा समाचार


लिखु तामाकोसी गाउँपालिका ६ खिम्तिका महिलाहरुको लागि उद्घोण कला तथा क्षमता अभिवृद्धि तालिम

 नेपाल बाहक    १९ जेष्ठ २०७६, आईतवार १२:३१     998 जनाले पढ़िसके


रामेछापको लिखु तामाकोसी गाउँपालिका ६ खिम्तिका महिलाहरुको लागि सञ्चालन गरिएको ७ दिने उद्घोषण तथा क्षमता अभिवृद्धि तालिम आइतबार खिम्ति बेसीमा सम्पन्न भएको छ ।
लिखु तामाकोसी गाउँपालिका ६ को आयोजना तथा उषाकिरण महिला कृषि सहकारी संस्थाको समन्वयमा भएको सो तालिमको समापन गाउँपालिका अध्यक्ष गोविन्दबहादुर खड्काले सहभागिलाई प्रमाणपत्र वितरण गर्दै गरे ।
कार्यक्रममा बोल्दै गाउँपालिका अध्यक्ष खड्काले सिकाई नियमित प्रक्रिया भएकोले यो कहिल्यै पनि नटुङ्गिने बताए । उनले यस्ता कार्यक्रम गाउँपालिकाले निरन्तर सञ्चालन गर्ने बताए । महिलाहरुको सिकाइबाट आपूm प्रभावित भएको भन्दै गाउँपालिकाले उपलब्ध गराएको सुविधा बाहेक व्यक्तिगत रुपमा प्रति सहभागिलाई आप्mनो तर्फबाट प्रतिव्यक्ति एक हजार रुपैयाँको दरले उनले ३४ हजार रुपैयाँ समेत प्रदान गरे । कार्यक्रका सहजकर्ताले समेत मेहनतका साथ सहभागिलाई सिकाएको भन्दै व्यक्तितग रुपमा उनले प्रत्साहन भत्ता प्रदान गरे ।
वडा नं ६ का वडाअध्यक्ष शिवप्रसाद न्यौपानेको अध्यक्षतामा भएको सो कार्यक्रममा सो वडाका विभिन्न सहकारी संस्थामा आवद्ध ३४ जना महिलाहरुको सहभागिता रहेको थियो ।
कार्यक्रममा नेकपाका ३ नं प्रदेश सदस्य भोजराज कँडरिया, साविकको खिम्ती गाविसका अध्यक्ष मुकुन्दप्रसाद कँडरिया, गाउँकार्यपालिका सदस्य सुशिला थापा, वडा सदस्य शेरबहादुर थापा, मैयाँ भित्रीकोटी, सहजकर्ता नवराज पथिक लगायतले बोल्दै सहभागिलाई सिकेको शिपलाई प्रयोगमा ल्याउन सुझाव दिएका थिए ।
तालिमका सहभागीहरु कल्पना गिरी, सञ्चिता दाहाल र संगिता सुनुवारले तालिमबाट आपूmहरुको सार्वजनिक कार्यक्रममा बोल्ने तथा कार्यक्रमहरु सञ्चालन गर्ने क्षमता विकास भएको बताए । उनीहरुले आयोजकहरुलाई तालिम महत्वपूर्ण भएकोले पुर्नताजकी तालिम सञ्चालन गरिदिन समेत आग्रह गरेका थिए ।