ताजा समाचार


वडा अध्यक्षले प्रबिधिकलाई कुटपिट गरेको भन्दै सुनपाति गाउँपालिकाको कामकाज ठप्प (बिज्ञप्ति सहित)

 नेपाल बाहक    ९ असार २०७६, सोमबार १३:२९     1397 जनाले पढ़िसके


रामेछाप , असार ९ गते ।
रामेछाप जिल्लाको सुनपाति गाउँपालिका वडा नं २ का वडा अध्यक्ष कमल केसि प्रबिधिकलाई निर्घात कुटपिट गरेका छन् । वडा अध्यक्ष केसिले आइतबार राति एक होटलमा खाना खाइरहेको अस्था सोहि वडाका असिष्टेन सव– इन्जिनियर हिमाल खड्कालाई निलडाम बस्ने गरि कुटपिट गरेको प्रेस बिज्ञप्ति जारी गरि जानकारी गराइएको छ । राष्टिय पून निमाण प्रधिकारण प्रबिधिक सन्जाल रामेछापका अध्यक्ष अरबिन्द कुमार महत्तोले हस्ताक्षर गरेको बिज्ञप्तिमा यस घटनाको भत्सना गदै वडा अध्यक्ष केसि माथि हदै सम्मको कारबाहिको माग गरिएको छ ।
बिज्ञप्तिमा “ राज्यले पूर्न निमार्णको लागि बनाइएको कानुन र कार्य बिधि बमोजिम निजि आबस पूननिमार्णमा रेखदेख , किस्ता सिफारीस अभिमुखिकारण तालिम जस्ता कार्यमा संम्लग्न प्रबिधिकलाई यस अघि पनि वडा अध्यक्षले हातपात हात खुट्टा भाच्ने चेतावलि दिएका थिए । यस प्रकारको कार्य पटक पटक गर्दा पनि जनप्रतिनिधि भएकै कारण कुनै कारबाहि नभएकालृे मनोबल बढ्न गएकाले सो वडामा बसेर कुनै पनि कर्मचारीले काम गर्ने अवस्था नहेको ” उल्लेख गरिएको छ । ३ वर्षदेखि सो ओडामा कार्यरत खड्का माथि वडाअध्यक्षले पटक पटक दुर ब्यवाहार गरेको पिडित खड्काले बताए । घटना पछि जिल्ला सदरमुकाम मन्थलीमा जम्मा भएका प्राविधिहरुले सोमबार रामेछापका प्रमुख जिल्ला अधिकारीलाई ग्यापन पत्र बुझाउँदै दोषी माथि कानुनी कारबाहीको माग गरेका छन् । जिल्ला प्रशासन कार्यालय रामेछाप ज्ञापनपत्र बुझाए पछि आयोजित पत्रकार सम्मेलनमा राष्ट्रिय पुननिर्माण प्राधिकरण प्रविधिक सञ्जाल रामेछापद्वार जारी विज्ञप्तिमा केसी माथि कारबाहीको माग गरिएको छ । सञ्जालका संयोजक अरविन्द कुमार महतोद्वारा जारी विज्ञप्तिमा प्रशासनले दोषिलाई ७ दिनभित्र कारबाही नगरे रामेछाप जिल्लाका सबै स्थानीय निकायको पुननिर्माणका कामाकाज ठप्प पार्ने चेतावनी दिइएको छ ।